नेभिगेसन मेनु

नेपाल र बंगलादेश आज भिड्दै
समय:2021-09-09 04:15

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बिहीबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।

बंगलादेशविरुद्ध मैदान उत्रदा राष्ट्रिय महिला टिमले दशरथ रंगशालामा डेब्यु गर्नेछ। नेपाली महिला टिमले अहिलेसम्म घरेलु मैदान दशरथ रंगशालामा खेलेको छैन।

यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिममा विदेशी प्रशिक्षकको समेत डेब्यु हुनेछ। नेपाली टिम पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्ने छ। एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।

एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ।

यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर