नेभिगेसन मेनु

अमेरिकी फुटबल क्लबको प्राविधिक निर्देशकमा नेपालीको नियुक्ति
समय:2021-09-07 05:07

नेपाली  फुटवल प्रशिक्षक प्रदीप हुमागाई अमेरिकी फुटवल क्लब किस्टोन एथलेटिक्सको प्राविधिक निर्देशक पदमा अनुबन्धित भएका छन् ।

अमेरिकाको पेन्सिलभेनिया राज्यमा रहेको किस्टोन एथलेक्टिस क्लबले उनलाई मासिक १० हजार अमेरिकी डलर सहितका सेवासुविधाहरु प्रदान गर्ने गरि सम्झौता गरेको हो ।

क्लबले गरेको सम्झौता पत्रमा मासिक १० हजार डलरका दरले एक वर्षसम्मका लागि १ लाख २० हजार अमेरिकी डलर दिइने उल्लेख गरिएको छ ।

जसको नेपाली दर १ करोड ४० लाख रुपैया भन्दा माथि हुन आउँछ । उनि यस अघि सोही क्लबका प्रशिक्षकका रुपमा काम गरेका थिए।

उनले ललितपुर सिटी एफसीको प्रशिक्षकका रुपमा काम गरेका थिए। उनले थ्रि स्टार क्लबमा पनि कार्य गरिसकेका छन।

प्रशिक्षक हुमागाँईले फिजिकल एजुकेशन,हेल्थ एजुकेशन र समाजशास्त्रमा गरि तीन वटा स्नातकोत्तर गरेका छन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर