नेभिगेसन मेनु

यस्तो रह्यो पीएसजीमा मेस्सीको डेब्यु खेल
समय:2021-08-31 03:36

लियोनल मेस्सीको डेब्यु खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा जित निकालेको छ। आइतबार राति पीएसजीले रेइम्सलाई २-० गोल अन्तरले हराएको हो।

नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका हुन्। अर्जेन्टिनी फरवार्डले ३० नम्बरको जर्सी लगाएका थिए। खेलमा उपस्थित सबै दर्शक उठेर उनलाई सम्मान गरेका थिए।

बार्सिलोना बाहेक अन्य टोलीबाट मेस्सी पहिलो पटक मैदान उत्रिएका हुन्। बेन्चबाट खेलको सुरुवात गरेका ६६औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए।

'उनी अझैपनि आफ्नो सर्वश्रेष्ठ फर्मबाट धेरै टाढा छन्। तर उनी राम्रो प्रशिक्षण गरिरहेका छन्। उनी अर्को दुई हप्तामा फिट हुनेछन्,' क्लबका प्रशिक्षक मौरिसियो पोचेटिनोले भने।

'हामी उनीबाट सबैभन्दा राम्रोका लागि पर्खिरहेका छौं। म धेरै खुसी छु कि उनले आफ्नो डेब्यु गरे। यो उनको लागि धेरै महत्वपुर्ण थियो,' उनले भने।

मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए। खेलको १६औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए।

६३औं मिनेटमा अच्राफ हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरे। पीएसजीका लागि एम्बाप्पेको यो अन्तिम खेल हुने अनुमान गरिएको छ।रियल मड्रिडले उनलाई अनुबन्धन गर्न कोशिश गरिरहेको छ। मंगलबारसम्म एम्बाप्पे अनुबन्धन गर्नुपर्ने समयसिमा रियललाई उपलब्ध छ।

रियलले १ सय ६० मिलियन युरोको प्रस्ताव पीएसजीलाई गरेको छ। एम्बाप्पेले पीएसजीका लागि १ सय ७५ खेलमा १ सय ३५ गोल गरेका छन्। जित सहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। रेइम्स मात्र ३ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर