नेभिगेसन मेनु

युभेन्टस छाडेर रोनाल्डो म्यानचेस्टर सिटी जाँदै !
समय:2021-08-29 03:22

युभेन्टसका सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेर म्यानचेस्टर सिटी जाने भएका छन् । ३६ वर्षीय फरवार्ड रोनाल्डो शुक्रबार भएको युभेन्टसको ट्रेनिङमा ४० मिनेटमात्रै सहभागी भएर निस्किएका छन् ।

उनी आफ्ना टिममेटहरूसँग बिदा हुन मात्रै त्यहाँ पुगेको र केही घण्टामै क्बल छाड्न चाहिरहेका छन् ।

रोनाल्डो आज ट्रेनिङ नगर्ने र एजेन्ट जर्ज मेन्डीले म्यानचेस्टर सिटीसँग आधिकारिक सम्झौता गर्ने पर्खिरहेको बताएका छन् ।

इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटीले मात्रै रोनाल्डोलाई भित्र्याउने इच्छा देखाइरहेको छ । 

पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइेडबाट स्पेनिस क्लब रियाल मड्रिड गएका थिए । सन् २००३ देखि युनाइटेडमा खेलेका रोनाल्डोलाई तत्कालीन समयको कीर्तिमानी ८० मिलियन पाउन्डमा रियाल मड्रिडले किनेको थियो ।

अहिले पनि रोनाल्डोका एजेन्ड मेन्डिज र म्यानचेस्टर सिटीबीच उनको तलबबारे छलफल भइरहेको बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर