नेभिगेसन मेनु

महिला फुटबल टोली घोषणा
समय:2021-08-27 04:28

 

एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्। 

बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी भने बाहिरिएका छन्। अमिसा कार्की, अञ्जली वाइवा, हिमा चौधरी, मनिषा राउत र सर्मिला थापा बाहिरिएका हुन्।

राष्ट्रिय टोलीमा सात खेलाडीले पहिलो पटक स्थान बनाउन सफल भएका छन्। मिडफिल्डर प्रिति राई, स्ट्राइकर सविता राना, रश्मी घिसिङ, रजनी थोकर, डिफेन्डर विमला विक, निशा थोकर र सिर्जना सिंहले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। 

उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्। नेपालले असोज २ मा फिलिपिन्स र असोज ५ मा हङकङको सामना गर्नेछ। फिलिपिन्स र हङकङबीचको खेल भने असोज ८ मा हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागिता जनाउनेछ। एसियन कप सन् २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

२३ सदस्यीय नेपाली टोलीमा अञ्जना रानामगर, एञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना,  हीरा भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रिति राई, पूजा राना, पूनम जर्गामगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू र सिर्जना सिंह छन्। 

तीन खेलाडी बाहिरिए
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट थप तीन खेलाडी बाहिरिएका छन्। पोखरामा बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीमध्येबाट मंगलबार तीन खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखीलाई बाहिर राख्दै २५ खेलाडी छनोट गरेका हुन्। अभिषेक स्ट्राइकर, अर्पण गोलरक्षक र शिशिर विंगर हुन्।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोलीले पोखरामा तयारी गरिरहेको छ। साफ च्याम्पियनसिप असोज १५ देखि असोज ३० गतेसम्म आयोजना हुँदैछ। नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८, भारतसँग असोज २४ र बंगलादेशसँग असोज २७ मा प्रतिस्पर्धा गर्नेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्नेछन्। साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० गते हुनेछ।  अहिले किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु,  सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ र पूजन उपरकोटी बन्द प्रशिक्षणमा छन्।

यसैगरी विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनील बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामाले २५ सदस्यीय टोलीमा स्थान बनाएका छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर