नेभिगेसन मेनु

डबल खोप लगाउँदा पनि किर्तिमानी स्विमर गौरिका सिंह संक्रमित
समय:2021-08-26 04:33

हालै जापानमा सम्पन्न ओलम्पिकमा स्विमिङ तर्फ नेपालको तर्फबाट सहभागी भएकि खेलाडी गौरिका सिंहलाई कोरोना पोजिटिभ देखिएको बताएकि छिन। उनले कोरोना बिरुध्द २ वटा खोप लिएता पनि कसैको सम्पर्कमा आएपछि भाईरस भएको जानकारी दिएकि छिन। उनले आफू १० दिन आईसोलेनमा बसिरहेको कुरा उल्लेख गरेकि छिन।  

उनले नियमित परीक्षणका साथै मास्क लगाएर भाईरसको फैलाबटलाई रोक्नु पर्ने कुरामा जोड दिएकि छिन। स्विमर गौरिकाले  सबैलाई  सुरक्षित रहन आह्वान गर्दै आफूलाई सन्देश पठाउने सबैलाई धन्यवाद दिएकि छिन।

ओलम्पिकमा सहभागी भएपछि उनि टोकियोबाट सिधै बेलायततर्फ गएकि थिईन।

चिकित्सक पिता तथा परिवारका साथ सानैदेखि लण्डनमा बस्दै आईरहेकि गौरिका केही समयपछि उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाँदैछिन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर