नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुला अलमुतारीले आफ्नो टिमलाई घटाएर २५ जना खेलाडीको बनाएका छन। उनले गोलकिपर अर्पण कार्कीका साथै शिशिर लेखी र अभिषेक रिजाललाई बन्द शिविरबाट बिदा दिएका छन।
नेपाली राष्ट्रिय टिम अहिले पोखरामा बन्द शिविरमा रहेको छ।
नेपालले भारतसंग काठमाडौंमा हुने मैत्रीपूर्ण खेल तथा माल्दिभ्समा अशोज १५ गतेदेखि हुने साफ च्याम्पियनशीपको लागि तयारी गरिरहेको छ।