नेभिगेसन मेनु

पारसले भेटे प्रधानमन्त्री देउवा, भयो यस्तो कुराकानी
समय:2021-08-15 03:42

प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी पारस खड्काले भेट गरेका छन्। क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका पारसले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको दुई सातापछि पारसले प्रधानमन्त्रीसँग भेटे गरेका हुन्। पारसले प्रधानमन्त्रीसँग क्रिकेट विकासको बारेमा छलफल भएको जनाएका छन्।

प्रधानमन्त्रीले क्रिकेट विकासमा सहयोग गर्ने आश्वासन दिएको समेत पारसले सामाजिक संजालबाट बताएका छन्। प्रधानमन्त्री देउवाले सामाजिक संजालबाट दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता नभुल्ने बताउँदै क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिएका छन्।

त्यस्तै प्रधानमन्त्री देउवाले पारसलाई नेपाल र नेपालीको शिर उँचो बनाउन दोस्रो इनिङमा पनि सफलताको शुभकामना दिएका छन्।  ‘नेपाली क्रिकेटले दुई दशकमा हासिल गरेका हरेक सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद । नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ,’ प्रधानमन्त्री देउवाले लेखेका छन्।

३४ वर्षीय अलराउण्डर पारसले साउन १९ गते अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन्यास घोषणा गर्दै पारसले आफु क्रिकेटमा फरक भूमिकामा देखिने बताएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर