नेभिगेसन मेनु

पोल्याण्डमा शरण लिएकि बेलारुसी खेलाडीको पदकको मुल्य २१ हजार डलर
समय:2021-08-12 10:31

बेलारुसबाट ओलम्पिक खेल्न गई उतैबाट शरणार्थाका रुपमा पोल्याण्ड गएकि धाविकाले बफ्नो पदक अन्य खेलाडीहरुको सहयोगका लागि लिलाम गर्ने बताएकि छिन।

२४ बर्षिया धाविका क्रिष्टिना तसिमानोयुसकायाले टोकियामा ओलम्पिक खेल्न नपाएपनि उनले आफूले प्राप्त गरेको कुनै पदक बेलारुसका खेलाडीहरुको सहयोगका लागि लिलाम गर्ने मनसाय प्रकट गरेकि हुन। उनले बेलारुसका खेलाडीहरुलाई कुनै प्रकारको सहयोगका साथै आर्थिक सहयोगका लागि लिलामबाट उठेको रकम बेलारुसियन स्पोर्टस सोलिडयारिटी फाउण्डेशनलाई प्रदान गर्ने भएकि छिन।

प्रशिक्षकको आलोचना गरेको आरोपमा टोकियोबाट बेलारुस फर्काउन खोजिँदा उनले ईन्कार गरेर आफ्नो सुरक्षा आफ्नो मुलुकमा नहुने भन्दा उनि पोल्याण्डमा शरण लिएर गएकि थिईन। उनले यदि आफू बेलारुस फर्किएको भए आफूलाई कि मानसिक अस्पताल वा जेलमा राखिने थियो भनि संचार माध्यममा बताएकि थिईन। सन २०१९ मा युरोपियन खेलकुदमा उनले प्राप्त गरेको रजत पदक लिलामीका लागि सुरुको मुल्य २१ हजार डलर राखिएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर