नेभिगेसन मेनु

२१ वर्षपछि क्लब छोड्दा रोए मेस्सी: बिदा हुनुपर्ला जस्तो कहिल्यै सोचेको थिइन !
समय:2021-08-11 03:50

आफ्नो फुटबल करिअरको पूरा समय बार्सिलोनाका लागि बिताएका अर्जेन्टिनी प्रभावशाली फुटबलर लियोनल मेस्सीले आइतबार बार्सिलोना छोड्नुपर्दाको क्षण आँशु बगाए ।

६ पटकसम्म डी'अर विजेता ३४ वर्षीय सुपरस्टार मेस्सी गत जुन महिनादेखि क्लबसँगको सम्झौता बाहिर थिए । र यस क्रममा बार्साले उनलाई अब नियमित गर्न नसक्ने समेत जनाइसकेको छ ।

आइतबार पत्रकारहरुसँग मेस्सी निकै भावुक देखिएका थिए । उनले भने, "यस वर्ष मेरो परिवार र म आफ्नै घरमा बस्न गइरहेका थियौँ । जुन हामीले एकदम चाहन्थ्यौँ तर दुर्भाग्यवश आज म धेरै वर्षपछि गुडबाइ भन्न यहाँ छु । मेरो पूरा जीवन । म जब यहाँ आएको थिएँ जम्मा १३ वर्षको थिएँ ।"

मेस्सीले अघि भनेका छन् "२१ वर्षपछि म आफ्ना तीन क्याटलान  अर्जेन्टिनी बालबालिकासँगै छाड्दैछु ।" मेस्सी त्यस्तो इतिहास रच्ने फुटबलर हुन् जसले आफ्नो क्लबलाई १० वटा लीग जिताए ।

मेस्सीले आफूले पहिलो दिनदेखि नै क्लबका लागि हरेक चिज दिएको र अन्त्यसम्म आइपुगेको सुनाए । तर यसबाट बिदा हुनुपर्ला भन्ने कहिल्यै पनि नसोचेको बताए ।

मेस्सीले हाल क्लबसँग कुनै सम्झौता नगरेको तर जब क्लबबाट छुटिने कुरा आउँदा आफूले अत्याधिक टेलिफोन रिसिभ गर्नु परेको बताए । यद्यपि यसबारे अझै निधो भइसकेको भने छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर