नेभिगेसन मेनु

नेपालमा साफ च्याम्पियनशीप आयोजना नहुने
समय:2021-08-10 03:43

१३ औं साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता आगामी अक्टोबर १ तारिखदेखि १३ तारिखसम्म माल्दिभ्समा हुने भएको छ।

साफ कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो। सो प्रतियोगिता आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव गरेका थिए। नेपालमा भन्दा माल्दिभ्समा कोभिडको वातावरण तुलनात्मक राम्रो भएकोले माल्दिभ्सलाई उक्त प्रतियोगिता आयोजना गर्न दिईएको हो। यसैगरी माल्दिभ्सले लामो समयदेखि प्रतियोगिता आयोजना गर्न पाएको थिएन। सन २००८ मा माल्दिभ्समा माल्दिभ्स र श्रीलंकाले संयुकत रुपमा प्रतियोगिता आयोजना गरेको थियो।

उक्त च्याम्पियनशीपमा बंगलादेश, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाले भाग लिने निश्चित भैसकेको छ भने भुटानले २ दिन भित्र सहभागिता निश्चित गर्ने भएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर