नेभिगेसन मेनु

स्विमिङमा चीनको सफलता
समय:2021-07-30 03:32

जापानमा जारी ओलम्पिकमा आज चीनकि झाङ युफेईले महिलाहरुको स्विमिङको  २ सय मिटर बटरफ्लाई फाईनलमा नयाँ ओलम्पिक रेकर्ड कायम गर्दै स्वर्ण पदक जितेकि छिन।

उनले सन २०१२ को ओलम्पिकमा चीनकै जिआवो लिओयाङले राखेको ओलम्पिक रेकर्ड शुन्य दशमलब २ सेकेण्डले तोडदै  मिनेट शुन्य ३ दशमलब आठ छ सेकर्ण्डमा दुरी पुरा गरेकि थिईन। उनको यसपालीको ओलम्पिकमा यो दोश्रो स्वर्ण पदक हो। यसअघि उनले १ समय मिटरको बटर फ्लाई ईभेण्टमा रजत पदक पाएकि थिईन।

२ सय मिटरको बटर फ्लाई ईभेण्टमा अमेरिकाका रेगन स्मिथ दोश्रो र हलि फ्लिकिङ्गर तेश्रो भउका थिए।

आजे चीनले महिलाहरुको चार गुना २ सय मिटर फ्रिस्टाईल स्विमिङ प्रतिस्पर्धामा नयाँ विश्व तथा ओलम्पिक रेकर्ड बनाएर स्वर्ण पदक जित्न सफल भएको छ।

ती खेलाडीले ७ मिनेट ४० दशमलब तिनतिन सेकेण्डमा दुरी सम्पन्न गरेका थिए। सो ईभेण्टमा ५ पटक ओलम्पिक च्याम्पियन भैसकेको चीन रजत पदकमा खुम्चिएको छ। पूर्व विश्व च्याम्पियन रही सन २००८ मा बेईजिङ ओलम्पक बिजेता बनेको अष्ट्रेलिया यसपाली काँस्य पदकमा चित्त बुझाउन बाध्य भयो। 

नेपालन्युज बाट

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर