नेभिगेसन मेनु

टोकियो ओलम्‍पिकमा आज गौरिका सिंहले प्रतिस्पर्धा गर्दै
समय:2021-07-28 04:06

जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। ओलम्पिक अन्तर्गत बुधबार नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्नेछिन्।

गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। गौरिकाको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन्। यस हिटमा ४ खेलाडी छन्।

गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन्।

१३औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छन्। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर