नेभिगेसन मेनु

सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसवेनमा
समय:2021-07-22 10:57

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाली सहर ब्रिसवेनमा हुने भएको छ। मेलबर्न र सिड्नीपछि ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्ने अस्ट्रेलियाको ब्रिसवेन तेस्रो सहर हुनेछ।


यसको घोषणालगत्तै सहरले आतिसबाजी गरेर खुसीयाली मनाएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले ब्रिसवेनको पक्षमा भएको निर्णय सुनाएका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको विशेष अधिवेशनमा भएको मतदानले यो निर्णय गरेको थियो।


ब्रिसवेन नै ओलम्पिक आयोजना गर्ने सहरको होडमा एक्लै सबैभन्दा अगाडि थियो र उसको पक्षमा आएको निर्णय अपेक्षित मानिएको छ।


अस्ट्रेलियाले यसअघि सन् १९५६ मा मेलबर्न र २००० मा सिड्नीले ओलम्पिक आयोजना गरेका थिए। 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर