नेभिगेसन मेनु

सन्दिपलाई तत्काल देश छाड्न बेलायत क्रिकेट बोर्डको निर्देशन, लेखे यस्ते स्टाटस
समय:2021-07-21 04:39

नेपाली चर्चिक क्रिकेटर सन्दिप लामिछानेले द हन्ड्रेड प्रतियोगिता खेल्न नपाउने भएका छन् । उनले प्रतियोगिता खेल्न नपाउने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । 

साथै सन्दिपलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ।

थुप्रै देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दिप ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न बेलायत गएका थिए ।

उनले फेसबुकमा भनेका छन्, ‘म जुलाइ ९ मा बेलायत पुग्दा अध्यागमनमा कुनै समस्या भएन । त्यसपछि म सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा गएर बसेँ । नियमानुसार क्वारेन्टाइन सकिनुभन्दा दुईदिन अघि मलाई इसीबीले भन्यो कि तिम्रो भिसा बैध छैन र तिमीले चाँडोभन्दा चाँडो देश छोड्नुपर्छ। मैले के समस्या भयो भनि सोध्दा इसीबीका कसैले पनि सही जवाफ दिएनन्।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर