नेभिगेसन मेनु

नेपाली राष्ट्रिय महिला फुटबल टिमकि शाबित्राको भोलि कतारमा शल्यक्रिया
समय:2021-07-15 03:49

नेपाली महिला राष्ट्रिय फुटबल टिमकि फरवार्ड शाबित्रा भण्डारीको भोलि कतारमा शल्यक्रिया हुने भएको छ। उनको घुँडाको शल्यक्रिया कतारको राजधानी दोहास्थित एस्पितार अस्पतालमा भोलि हुने निश्चित भएको जानकारी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिएका छन। खेलाडी भण्डारी केही दिन अघिनै दोहा गईसकेकि छिन। केही महिना अघि खेलकैक्रममा उनको घुँडामा चोट लागेपछि उनि मैदानबाट बाहिरिएकि थिईन।

नेपाली महिला राष्ट्रिय फुटबल टिममा खेलाडी भण्डारीलाई सबैभन्दा सफल खेलाडी मानिएको छ। उनले बिभिन्न प्रतियोगिताहरुमा महत्वपूर्ण गोल गरेर आफ्नो खेल कौशल देखाईसकेकि छिन। नेपाल बाहिर भारत लगायतका देशमा गएर उनले व्यवसायिक खेल समेत खेलिसकेकि छिन।

कतार फुटबल संघको सहयोगमा सो शल्यक्रिया हुन लागेको हो। यसअघि नेपाली राष्ट्रिय फुटबल टिमका बिक्रम राना र बिमल घर्ती मगरको खुट्टाको शल्यक्रियापनि कतारमानै भएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर