नेभिगेसन मेनु

ओलम्पिकमा नेपाली टोलीमा २६ जना / खेलाडी भन्दा खेलकुद पदाधिकारीको संख्या बढी
समय:2021-07-14 03:38

 

आगामी जुलाई २३ तारिखदेखि जापानमा सुरु हुने गृष्मकालीन ओलम्पिकमा २६ जनाको नेपाली खेल टोली हुने भएको छ।

नेपाल ओलम्पिक कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईए अनुसार नेपालको तर्फबाट बिभिन्न ४ वटा खेलमा ५ जना खेलाडीका साथै ४ जना प्रशिक्षकले सहभागिता जनाउँदै छन।

यसैगरी नेपाल ओलम्पिक कमिटीबाट अध्यक्ष तथा अन्य पदाधिकारीतथा सदस्यहरु समेत गरी ९ जना, राष्ट्रिय खेलकुद परिषदबाट उपाध्यक्ष र अन्य पदाधिकारी तथा सदस्य गरी ४ जना रहेका छन। यस्तै युवा तथा  खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेका साथै एकजना चिकित्सक र टोकियो स्थित नेपाली दुतावासका एकजना कर्मचारी र टोकियो स्थित एकजना नेपाली स्वंयसेवक रहने छन।

सो खेलका लागि नेपाली टोलीको सेफदि मिसन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल रहने छन भने उदघाटन समारोहका बखत नेपालको राष्ट्रिय झण्डा स्विमिङ खेलाडी गौरिका सिंहले बोक्ने निधो गरिएको छ। खेलाडी सिंहको ओलम्पिकमा सहभागिता दोश्रो पटक भैरहेको छ। यसअघि रियोदिजेनिरियोमा उनि सबैभन्दा कान्छी खेलाडीका रुपमा सहभागी भएकि थिईन। नेपालले स्विमिङ र १ सय मिटर दुरीको दौडमा आमन्त्रणका आधारमा भाग लिने अवसर पाएको हो भने सुटिङ र जुडोमा वाईल्ड कार्ड प्राप्त भएपछि नेपाली खेलाडीहरुको सहभागिता निश्चित भएको थियो।

नेपाली म्याराथन धावक गोपीचन्द्र पार्की नेपालगन्ज म्याराथन जितेर करिब १ वर्षदेखि ओलम्पकका लागि तयारी गरिरहेपनि अन्तिम आमन्त्रण प्राप्त नभएको भनि जापान जाने अवसरबाट बन्चित हुन पुगेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर