नेभिगेसन मेनु

इंग्ल्यान्डले रच्यो इतिहास, पहिलोपटक युरोकपको फाइनलमा
समय:2021-07-08 03:34

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो।

यससँगै इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे। इंग्ल्यान्डले एक गोल आत्मघाति उपहार पाएको थियो। डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे।

इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर