नेभिगेसन मेनु

इटालीको कीर्तिमानी जित, स्पेनलाई हराउँदै युरोकपको फाइनलमा
समय:2021-07-07 03:38

तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो।

अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ।

वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्यो।

पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे। म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन्।

स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे। तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन्।

जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ। इटालीले यसअघि ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो। इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर