नेभिगेसन मेनु

मेस्सीले पाउँलान् गोल्डेन बुट?
समय:2021-07-05 03:35

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भइसकेको छ। यस संकरणमा अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन्।

अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ। ब्राजिलले सेमिफाइनलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछ। कोपाको सेमिफाइनल समीकरण पूरा हुँदा सर्वाधिक गोलकर्ता अर्थात् गोल्डेन बुटको दाबेदारको शीर्ष स्थानमा लियोनल मेस्सी रहेका छन्।

अर्जेन्टिनाका कप्तान मेस्सीले ५ खेलमा ४ गोल गरिसकेका छन्। उनले ४ गोलका लागि असिस्ट समेत गरेका छन्।

अर्जेन्टिनालाई सेमिफाइनलसम्म पुर्‍याउन मेस्सीले प्रभावकारी प्रदर्शन गर्दै आइरहेका छन्। मेस्सीले जारी कोपाको पाँच खेलमा ४ पटक म्यान अफ दी म्याच समेत हात पारेका छन्।

गोल्डेन बुटको होडमा ब्राजिलका नेयमार पनि रहेका छन्। उनले ४ खेलमा २ गोल गरिसकेका छन्। उनले दुई असिस्ट गरेका छन्।

त्यस्तै पेरुका जियानलुका लापाडुलाले पनि ५ खेलमा २ गोल गरेका छन्। अर्जेन्टिनाकै पापु गोमेज, लाउटरो मार्टिनेज र पेरुका आन्द्रे कारिलोले पनि २/२ गोल गरेका छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर