अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा इक्वेडरलाई ३–० ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन रोड्रिगो डी पाउल, लौराटो मार्टिनेज र लियोनल मेस्सीले समान एक-एक गोल गरे।
अर्जेन्टिनाले गरेको तीनै गोलमा मेस्सीको भूमिका रह्यो। र्जेन्टिनाले फाइनल प्रवेशका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।