नेभिगेसन मेनु

५५ वर्षपछि जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा
समय:2021-06-30 04:03

उपाधि दाबेदार जर्मनीलाई हराउँदै इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक-एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले लुक शको पासमा गोल गरे।

त्यसपछि खेलको ८६औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को जित दिलाए। उनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गरे।

जितसँगै इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको छ। यसअघि इंग्ल्यान्डले जर्मनीलाई १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर