नेभिगेसन मेनु

स्पेनले क्रोएसियालाई ५-३ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश
समय:2021-06-29 03:32

तीन पटकको च्याम्पियन स्पेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो।

रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक-एक गोल गरे।

क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक-एक गोल गर्दा एक गोल आत्मघाति उपहार पाएको थियो।

स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ। क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ। अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर