नेभिगेसन मेनु

साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम क्‍वार्टरफाइनलमा
समय:2021-06-28 03:39

साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ। सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे।

खेलको ४२औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन्। थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे।

पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन। पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए।

यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौथो टिम बनेको छ। पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर