नेभिगेसन मेनु

रोनाल्डोको कीर्तिमानी १०९औं गोल
समय:2021-06-24 04:17

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पुरुष फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन्।

रोनाल्डोले इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १०९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका हुन्। युरोकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा दुई गोल गर्दै रोनाल्डोले दाइको कीर्तिमानसँग बराबरी गरेका हुन्।

३६ वर्षीय रोनाल्डोले १ सय ७८ खेलमा १०९ गोल गरेका हुन्। 

इरानी दाइले सन् १९९३ देखि २००६ सम्म इरानका लागि खेल्दै १ सय ९ गोलको कीर्तिमान बनाएका थिए।

त्यस्तै रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भंग गरेका छन्। रोनाल्डोले क्लोजको नाममा रहेको दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भंग गरेका हुन्।

रोनाल्डोले विश्वकप र यूरोपकमा गरी संयुक्त २१औं गोल पूरा गरे। रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन्। यसअघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए।

जारी युरोमा रोनाल्डोको यो पाँचौ गोल हो। रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडीसमेत हुन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर