नेभिगेसन मेनु

चर्चित धावक मिल्खा सिंहको निधन
समय:2021-06-23 06:18

 

भारतका चर्चित धावक मिल्खा सिंहको शुक्रबार राति निधन भएको छ। ९१ वर्षका सिंहलाई असहज भएपछि चण्डीगढस्थित पीजीआई अस्पतालमा भर्ना गराइएको थियो। मिल्खा सिंहले एक महिनाभन्दा बढी समय कोरोनासँग संघर्ष गरेका थिए। पछिल्लो समय कोरोना नेगेटिभ भए पनि उनको स्वास्थ्य निकै बिग्रिएको थियो।

 

उनको स्वास्थ बिग्रिएका कारण धेरै कोसिसका बाबजुद पनि बचाउन नसकिएको चण्डीगढस्थित पीजीआई अस्पतालका प्रवक्ता अशोक कुमारले बताएका छन्। उनका अनुसार मिल्खा सिंहको निधन शुक्रबार राति ११ः३० बजे भएको हो।

 

२० मेमा उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। १३ जुनसम्म उनी आईसीयूमै थिए र यस दौरान उनले कोरोना पनि जितेका थिए। १३ जुनमा कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि कोभिडसम्बन्धी समस्या जारी नै रहेपछि उनलाई फेरि आईसीयू भर्ना गरेर उपचार गरिएको थियो।

 

पाँच दिनपहिले मात्रै मिल्खा सिंहकी पत्नी निर्मल सिंहको निधन पनि कोरोनाकै कारण भएको थियो। उनी ८५ वर्षका थिइन्।  सन् १९६० मा रोम ओलम्पिकमा मिल्खा फाइनल राउन्डमा चौथो स्थानमा आएका थिए। यसबाहेक उनले एसियाली खेलकुदलगायत विभिन्न प्रतियोगिता उत्कृष्ट प्रदर्शन गरेका थिए। उनको जीवनीमा ‘भाग मिल्खा’ चलचित्रसमेत निर्माण भएको छ।

 

मिल्खा सिंहको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका व्यक्तिहरूले गहिरो दुःख व्यक्त गरेका छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर