नेभिगेसन मेनु

अनिश थापा मगरले जिते तेस्रो लुम्बिनि शान्ति म्याराथन, हाफ म्याराथनको प्रथम स्थान सन्तोषीको नाममा
सम्पादक:南亚网络电视
समय:2025-03-22 15:56

3

एस् ए टी भी ०९ चैत्र, काठमाडौँः गौतम बुद्धको जन्मस्थल लुम्बिनी र वरपरका बौद्ध सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले रुपन्देहीको लुम्बिनीमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन सम्पन्न भएको छ।  

1

नेपाल ओलम्पिक कमिटी, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल पर्यटन बोर्डको सह-आयोजनामा भएको शान्ति म्याराथन दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवको मुख्य आकर्षणको केन्द्र भएको थियो। 

7

नेपालका अनीश थापामगरले तेस्रो अन्तर्राष्ट्रिय म्याराथनमा २ घण्टा १९ मिनेट २१ सेकेन्डको समय सङ्गै पहिलो स्थान हासिल गर्न सफल भएका छन्। म्याराथनमा नेपालकै सुशील कुमार शाही २ घण्टा १९ मिनेट २५ सेकेन्ड को समय सहित दोस्रो तथा केन्याका स्टेफन कसोइले तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

ट

हाफ म्याराथन तर्फ भने १ घण्टा २० सेकेन्डमा दुरी पुरा गर्दै नेपालकी सन्तोषी श्रेष्ठ प्रथम, नेपालकै पूर्ण लक्ष्मी न्यौपाने दोस्रो तथा चीनकी धाविकाले तेस्रो स्थान हात पारेकी छीन्।

DJI_20250322080944_0122_D

म्याराथन पुरुष तर्फका विजेताले तीन लाख पचास हजार, दोस्रो हुनेले दुई लाख पचास हजार गरी दशौँ स्थान सम्मकालाई पुरस्कार रहेको थियो भने महिला तर्फ हाफ म्याराथन विजेताले एक लाख पचास हजार पाइन्। 

2

५ कि.मी. पब्लिक दौड र स्कुल दौडका विजेताले पनि क्रमशः १२ हजार तथा १० हजार नेपाली रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। 

屏幕截图 2025-03-22 114948

तेस्रो अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा पुरुष म्याराथन, हाफ म्याराथन महिला, ५ कि.मी. पब्लिक दौड तथा ५ कि.मी. स्कुल दौड गरी चार विधामा प्रतिस्पर्धा भएको थियो।

4

म्याराथन सफलताका साथ सम्पन्न भएको बताउँदै नेपाल ओलम्पिक परिषद्का अध्यक्ष जीवन राम श्रेष्ठले लुम्बिनीमा अर्को वर्ष पनि म्याराथन आयोजना गर्ने गरी आजै देखि जुट्ने जनाउँदै लुम्बिनीलाई अझ धेरै मानिसहरूमाझ शान्तिको, पर्यटनको हब भनेर विकास गर्ने तर्फ लाग्ने बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर