नेभिगेसन मेनु

बंगलादेशी अन्तरिम सरकारका विदेश मामिला सल्लाहकारसँग राजदूत भण्डारीको भेट
सम्पादक:南亚网络电视
समय:2024-09-04 12:04

thumb (19)

काठमाडौँ — बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मंगलबार बंगलादेशका अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बंगलादेशमा नयाँ राजनीतिक घटनाक्रमपछि बनेको नयाँ अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार हुसेनलाई राजदूत भण्डारीले पहिलो पटक भेटेका हुन् । उक्त अवसरमा राजदूत भण्डारीले नयाँ जिम्मेवारी सम्हालेका विदेश मामिला सल्लाहकारलाई बधाई दिए ।

भेटवार्तामा राजदूत भण्डारीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले पठाएको बधाई सन्देश बंगलादेशका अन्तरिम सरकारमा प्रमुख सल्लाहकार मोहम्मद युनुस र विदेश मामिला सल्लाहकार हुसेनलाई सुनाए ।

साथै, उक्त अवशरमा नेपाल सरकार दुई मुलुकका जनताको हितको लागि बंगलादेशको अन्तरिम सरकारसँग काम गर्न प्रतिबद्ध रहेको पनि प्रस्ट रहेको सन्देश प्रवाह गरिएको थियो । उक्त अवशरमा विदेश मामिला सल्लाहकार हुसेनले नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

बंगलादेशको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त भेटवार्तामा विदेश मामिला सल्लाहकार हुसेनले विद्यार्थीको नेतृत्वमा आफ्नो देशमा भर्खरै सम्पन्न आन्दोलनको बारेमा चर्चा गरेका थिए । उनले बंगलादेश र नेपालबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धको सम्बन्धमा सन्तोष व्यक्त गरे । साथै, उनले आगामी दिनमा द्विपक्षीय सहकार्य थप बढ्ने विषय प्रतिबद्धता पनि व्यक्त गरे ।

दुई देशबीचको लामो समयदेखिको उत्कृष्ट सम्बन्ध र जनस्तरीय सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै राजदूत भण्डारीले विद्यमान द्विपक्षीय संयन्त्रमा नियमित भेटघाट भइरहेका उल्लेख गरे ।

उक्त भेटवार्तामा दुवै पक्षले व्यापार, कनेक्टिभिटी, ऊर्जा र शिक्षालगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यका बारेमा विचार आदान–प्रदान गरेका थिए । साथै, दुवै पक्षले दुई क्षेत्रीय संगठनहरू दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडी (बिमस्टेक) मार्फत क्षेत्रीय सहयोग सुदृढ गर्ने महत्वमाथि जोड दिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर