नेभिगेसन मेनु

नेतृत्वमाथि उठेका प्रश्न र समसामयिक विषयमा आज अध्यक्ष प्रचण्डले जवाफ दिँदै
सम्पादक:南亚网络电视
समय:2024-07-30 13:31

prachanda_XcLXWNA6cj_GPI3vP2aFN

काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम सकिएकाले आज अध्यक्ष प्रचण्डले जवाफ दिने उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। 

अध्यक्ष प्रचण्डले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ। उनका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्किनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए।

संगठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए। शुक्रबारदेखि सुरु भएको बैठकमा आजसम्म १८ जना नेताले आफ्नो धारणा राखेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर