नेभिगेसन मेनु

६३ वर्षअघि बेलायतबाट उपहारमा आएको दमकलले अब निभाउनेछ आगलागी
सम्पादक:南亚网络电视
समय:2024-07-23 13:02

damkal2024-07-22-06-22-07

ललितपुर महानगरपालिकाले ६३ वर्षअघि उपहारमा पाएको दमकल मर्मतसम्भार गरी प्रयोगमा ल्याएको छ । यो दमकल वि.सं. २०१८ मा बेलायतले उपहार दिएको थियो । इन्जिनियर तथा मिस्त्री मोहनप्रसाद नकर्मीले १० महिना लगाएर शताब्दी पुरानो दमकल चिरिच्याट्ट पारेका हुन् । बाहिरी आवरण र भित्री स्वरूप नयाँजस्तै चिरिच्याट्ट पारेर उनले महानगरलाई दिएका छन् । 

नकर्मीले महानगरका मेयर चिरिबाबु महर्जनलाई आइतबार दमकलको चाबी हस्तान्तरण गरेका हुन् । नकर्मीले धेरै मिहिनेत गरेर दमकललाई कन्डिसनका ल्याएकाले उपत्यकाका तीन जिल्ला परिक्रमा गर्नुपर्ने माग गरेका थिए । उनको मागअनुसार महानगरले आइतबार तीन जिल्लामा दमकल परिक्रमा गर्न अनुमति दिएको थियो । नकर्मीले आफैँले चलाएर काठमाडौंको न्युरोड, भक्तपुरको सूर्यविनायकसम्म दमकल पुर्‍याएका थिए । परिक्रमापछि उक्त दमकल पुल्चोकस्थित महानगरको जुद्ध बारुणयन्त्र कार्यालयपरिसरमा राखिएको छ ।

मेयर महर्जनले नकर्मीले दमकल बनाउने इच्छा देखाएपछि ६ वर्षअघि जिम्मा दिएको बताए । दमकलको पार्टपुर्जाको लागि नकर्मीले बेलायत, अमेरिकासहित युरोपमा रहेका आफन्तहरूलाई गुहारेका थिए । अन्ततः अमेरिकामा पार्टपुर्जा पाइएपछि १० महिनाअघिदेखि आवश्यक पार्टपुर्जा संकलन गरी मर्मतसम्भार सुरु गरेको नकर्मीले बताए । ‘यो दमकल बन्छ भन्ने लागेकै थिएन, तर मोहन दाईले बनाउनुभयो, त्यो पनि निःशुल्क, यो एउटा इतिहास पनि हो,’ मेयर महर्जनले भने, ‘यो दमकल अब आपतकालीन अवस्थामा प्रयोग हुन्छ ।’ उनका अनुसार नकर्मीले दमकल मर्मतसम्भार गरेको रकम नलिई आफ्नै खर्च गरेका छन् । 

नकर्मीका अनुसार दमकलको मर्मतसम्भार भन्दा पनि यसको पार्टपुर्जा खोज्न धेरै समय लाग्यो । ईन्जिनदेखि स–साना पार्टपुर्जा समेत परिवर्तन गरिएको छ । ‘जिर्ण अवस्थामा राखिएको थियो तर मैले बनाउन सक्छु भनेर सुरु गरेँ, पार्टपुर्जा खोज्न निकै समय लाग्यो, अमेरिकाबाट ल्याएर भए पनि बनाएँ,’ नकर्मीले सुनाए, ‘यसको सामान खोजी गर्न निकै कठिन भयो ।’ उनका अनुसार यो गाडी (दमकल) इङ्ल्याण्डमा बनेको हो, तर इङ्ल्याण्डमै पार्टपुर्जा  पाइएन । उक्त डेनिस कम्पनी अमेरिकाले किनिसकेको थाहा पाएपछि अमेरिकामा रहेका आफन्तलाई पार्टपुर्जा बुझ्न लगाएको उनले बताए । 

दकमल बनाउने नकर्मी ललितपुर महानगरपालिका पाटन क्षेत्रका हुन् । उनी लामो समयदेखि पुराना गाडी मर्मतसम्भार गर्दै आइरहेका थिए । मेयर महर्जनले अनुरोध गरेपछि डेनिस दमकल पनि नकर्मीले मर्मतसम्भार गरे । नकर्मीका अनुसार यो दकमल १०६ वर्ष पुरानो भन्ने पुष्टि डेनिस कम्पनीले नै गरेको छ । बेलायतले यसप्रकारको दकमल म्युजियममा समेत राखेको छ । 

बेलायतले उपहारस्वरूप दिएको थियो दमकल

यो दमकल बेलायतले उपहार दिएकोमध्येकै एक हो । वि.सं. २०१८ मा बेलायतले नेपाललाई तीनवटा दमकल उपहार दिएको थियो । त्यसमध्येबाट गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका बारुण यन्त्रलाई एक–एकवटा दमकल उपलब्ध गराएको थियो । तर, ललितपुरलाई दिएको दमकल ४२ वर्षदेखि बिग्रिएर थन्किएको थियो । डेनिस कम्पनीको उक्त दमकल अब नियमित प्रयोगमा आउनेछ । योसँगै ललितपुर महानगरमा दमकलको संख्या सात पुगेको छ । 

चिरिबाबु महर्जन, 

मेयर, ललितपुर महानगरपालिका

यो दमकल बन्छ भन्ने लागेकै थिएन, तर मोहन दाइले बनाउनुभयो, त्यो पनि निःशुल्क, यो एउटा इतिहास पनि हो । यो दमकल अब आपत्कालीन अवस्थामा प्रयोग हुन्छ । दमकल मर्मतसम्भारमा रकम नलिई मोहन नकर्मीले आफ्नै खर्च गरेका छन् ।

दमकल बनाउने मिस्त्री मोहन नकर्मी भन्छन्– दमकलको मर्मतसम्भार भन्दा पनि यसको पार्टपुर्जा खोज्न धेरै समय लाग्यो । इन्जिनदेखि स–साना पार्टपुर्जासमेत परिवर्तन गरिएको छ । धेरै वर्षसम्म दमकल जीर्ण अवस्थामा राखिएको थियो । मैले बनाउन सक्छु भनेर  सुरु गरेँ । अमेरिकाबाट पार्टपुर्जा ल्याएर भए पनि बनाएँ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर