संघीय संसद् सचिवालयका आन्दोलित कर्मचारीको मागबारे बालुवाटारमा छलफल भएको छ ।
उनीहरूको मागबारे सभामुख निवास, बालुवाटारमा आज बिहान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भएको बताइएको छ ।
कर्मचारी आन्दोलनका कारण संसदको कामकारबाही अवरुद्ध भएको छ । यसबारे प्रधानमन्त्री दाहालले कानुनमन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतकहरुसँग अघिल्लो साता नै छलफल गर्नुभएको थियो ।
त्यसपछि प्रधानमन्त्रीसँग बालुवाटारमा कुराकानी भए पनि कर्मचारीको माग समाधानको कुनै समाधान निस्केको छैन ।