नेभिगेसन मेनु

६ महिनामा १२ सय ४१ लाई डेंगु
सम्पादक:南亚网络电视
समय:2024-06-20 12:31

dangue2024-06-20-06-40-57

पछिल्ला ६ महिनामा एक हजार २४१ जनालाई डेंगु संक्रमण भएको छ । यो स्वास्थ्य संस्था गएर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको तथ्यांक हो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले वैशाखयता डेंगु संक्रमितको संख्या एक हजार २४१ पुगेको र मनसुन सुरु भएसँगै संक्रमणदर बढ्ने जोखिम रहेको भन्दै सचेत गराएको छ । बर्खामा जताततै पानी जम्ने भएकाले, त्यसको व्यवस्थापन गर्न नसके डेंगुले महामारीको रूप लिने सम्भावना रहन्छ । डेंगु गराउने लामखुट्टेले जमेको पानीमा फुल पार्ने र त्यहीँबाट लार्भा जन्मिएर फैलिने हुन्छ । 

७२ जिल्लामा डेंगु फैलिएकोमा सबैभन्दा धेरै संक्रमित काठमाडौंमा भेटिएका छन् । काठमाडौंमा १४१, झापामा ११२, चितवनमा ७५, मकवानपुरमा ५९ र डोटीमा ४७ जनामा संक्रमण देखिएको महाशाखाको रिपोर्ट छ । त्यस्तै, धेरै संक्रमित हुने जिल्लाअन्तर्गत तनहुँमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुगांमा ४१, रूपन्देहीमा २८ र भक्तपुरमा २७ जनामा संक्रमण पुष्टि भएको छ । 

उच्च ज्वरो आउने, जोर्नी, मांसपेशी र आँखा दुख्ने, रिँगटा लाग्ने, शरीरमा घाउ–खटिरा आउने र वाकवाकी लाग्नेजस्ता लक्षण लिएर अस्पताल पुगेकाहरूमा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्ता लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिन र उनीहरूले भनेअनुसार औषधि सेवन गर्न सुझाएको छ । दुखाइ कम मेडिकलबाट आफूखुसी किनेर औषधि सेवन नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् । 

‘चिकित्सकको सल्लाहविना दुखाइ कम गर्ने औषधिको अत्यधिक प्रयोग भइरहेको छ । मात्रा नमिलाईकन यस्तो औषधि सेवन गर्दा स्वास्थ्यमा हानि गर्ने भएकाले दुखाइ कम गर्ने खालका औषधि डाक्टरको प्रेस्क्रिप्सनविना प्रयोग नगरौँ,’ महाशाखाअन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले भने । हरेक वर्ष खासगरी जेठदेखि डेंगु संक्रमण उकालो लागेर असोज–कात्तिकसम्मै प्रभावित गर्दै आएको छ । 

७२ जिल्लामा फैलियो, सबैभन्दा धेरै संक्रमित काठमाडौंमा

७२ जिल्लामा डेंगु फैलिएकोमा सबैभन्दा धेरै संक्रमित काठमाडौंमा भेटिएका छन् । काठमाडौंमा १४१, झापामा ११२, चितवनमा ७५, मकवानपुरमा ५९ र डोटीमा ४७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रिपोर्ट छ । त्यस्तै, धेरै संक्रमित हुने जिल्लाअन्तर्गत तनहुँमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रूपन्देहीमा २८ र भक्तपुरमा २७ जनामा संक्रमण पुष्टि भएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर