नेभिगेसन मेनु

कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक बस्न सकेन
सम्पादक:南亚网络电视
समय:2024-06-19 14:18

448375428_368755849160528_2432920462370510906_n-e1718777104934

काठमाडौं । कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक बस्न सकेको छैन । बिहान ११ बजे सुरु हुनुपर्ने बैठक अझैसम्म बस्न सकेको छैन ।

कर्मचारीहरू ११ बुँदे माग राख्दै आन्दोलनरत छन् । सङ्घीय संसद् सचिवालयका कर्मचारीहरू पनि त्यहीँ सामेल छन् । यसपछि संसद् बैठक पूर्वनिर्धारित समयमा बस्न नसकेको हो ।

यसअघि मङ्गलबारको बैठकमा पनि सभामुखको आसन वरिपरि सहयोगका लागि बस्ने कर्मचारीहरू थिएनन् । उनीहरू संसद् भवनअगाडि कालो पट्टी बाँधेर धर्ना बसेका थिए ।

आज पनि त्यसकै निरन्तरतामा कर्मचारीहरू छन् । उनीहरूले आफ्नो माग नि:सर्त सरकारले पूरा गर्नुपर्ने एकसूत्रीय माग राखेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर