नेभिगेसन मेनु

संसद् भवनमा गोली हानी आत्महत्या गरेका गोलेको शव पोस्टमार्टमका लागि टिचिङ लगियो
सम्पादक:南亚网络电视
समय:2024-06-19 13:51

447846544_3420207798277960_8291472468744930888_n-e1718774867409

काठमाडौं । सङ्घीय संसद् भवनभित्र गोली हानी आत्महत्या गरेका नेपाल प्रहरीका एक जवानको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगंज पठाइएको छ ।

बुधबार बिहान दोलखा घर भएका २२ वर्षीय अजीत गोलेले शौचालयमा गएर आफैँलाई गोली हानेका थिए । गोले संसद् भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत फेला परेका थिए ।

मृतकका आफन्तको उपस्थितिमा मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर