नेभिगेसन मेनु

प्रतिनिधि सभाको बैठक बस्दै, आठ मन्त्रीले जवाफ दिने
सम्पादक:南亚网络电视
समय:2024-06-19 13:29
760

Sansad-Parliament_XdcLEJtKKk (1)

काठमाडौं : संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

बैठक विहान ११ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा डाकिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

उनका अनुसार आज बैठकमा विनियोजन विधेयक अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

जसमा सांसद्हरू पुष्पबहादुर शाह, प्रेम सुवाल, डा. अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसका साथै आजको बैठकमा आठ जना मन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनेछन्।

स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको शिर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको महासचिव पाण्डेयले बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्(0)
उप्पर