नेभिगेसन मेनु

चुनावी नारा मात्र बन्यो जनकपुरको फोहोर व्यवस्थापन
सम्पादक:南亚网络电视
समय:2024-06-19 12:39

sfgnsfg

असार ५ गते । स्थानीय तहको निर्वाचन अघि पहिलो प्राथमिकतामा रहेको जनकपुरधामको फोहोर व्यवस्थापनको समस्या तीन वर्ष हुँदा पनि पुरा हुन सकेको छैन । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले वि.स. २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचित भएपछि जनकपुरधामको जटिल समस्याको रूपमा रहेको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको थियो र साथै उहाँले फोहोरबाट मोहोर ल्याउने र कम्पोस्ट मल बनाउने प्रतिबद्धता जनाउनु भएको थियो । तर, आज निर्वाचित भएको तेस्रो वर्षमा पनि उहाँले आफ्ना प्रतिबद्धता पुरा गर्न सक्नु भएको छैन ।

उति बेला फोहोरको मुद्दालाई लिएर विगतका जनप्रतिनिधिहरूले काम गर्न नसकेका भन्दै खेदो गर्नुभएको थियो । तर, आफू निर्वाचित भएको तेस्रो वर्षसम्म पनि निर्वाचनका प्रतिबद्धता पुरा गर्न सकुन् भएको छैन । फोहोरले जनकपुरको प्रत्येक गल्ली र सडकहरूबाट उपमहानगरपालिकाका प्रमुखलाई गिज्याई रहेको छ । 

उपमहानगर प्रमुख साह निर्वाचित भएपछि फोहोर व्यवस्थापनका लागि भनेर सफाइ कर्मचारी र फोहोर व्यवस्थापनका लागि नयाँ सवारी साधन थप्नुभयो । तर, जनकपुरधामको फोहोरको अवस्था भने जस्ताको त्यस्तै छ । खरिद गरिएका गाडी र नयाँ भर्ती भएका सफाइ कर्मचारीले मुख्य बजार, चोक र सडक बाहेक अन्तको फोहोर उठाएका छैनन् ।

जनकपुरधामका सडक चौडा भए, सौन्दर्यीकरणको नाममा पोखरीका डिलमा कङ्क्रिट र टायल्स मार्बल लगाइयो, बेलाबखत सफाइ अभियान पनि सञ्चालन हुन्छ, सरफाइका लागि फोटो सेसन पनि हुन्छ तर, हुन नसकेको भनेको यहाँको फोहोर व्यवस्थापन । अहिले पनि जनकपुरधामवासीले पुरानै पारामा त्यही पोखरी र घर छेउछाउ रहेको खाल्डाखुल्डी तथा खाली जमिनमा फोहोर थुपार्ने गरेका छन् । भन्छन्,“उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि कुनै आधार तयार पारको छैन, कहाँ फोहोर फाल्ने, त्यही भएर जहाँ सुविधा हुन्छ, जहाँ खाली ठाउँ देखिन्छ त्यही फाल्ने गरेका छौँ ।” उपमहानगरपालिकाले सफाइ अभियान सञ्चालन गर्‍यो रे, सफाइ कर्मचारी थप्यो रे फोहोर उठाउनका लागि नयाँ गाडी खरिद गरेको छ रे, तर, हामी कहाँ आजसम्म कुनै गाडी फोहोर उठाउन आएको छैन, न कुनै जानकारी नै आएको जनकपुरधामवासी बताउँछन् ।  

जनकपुरधामका प्रमुख साह भने जनकपुरधामको फोहोर व्यवस्थापनमा केन्द्रीय गुठी संस्थान बाधक बनेको आरोप लगाउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ,“केन्द्रीय गुठी संस्थानले फोहोर व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिकालाई जग्गा उपलब्ध नगराउँदा यहाँको फोहोर व्यवस्थापनको समस्या समाधान हुन नसकेको हो ।” फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराइदिने बारे संस्थालाई पत्राचार गरेको वर्ष दिनभन्दा बढी भयो तर, केन्द्रीय गुठी संस्थानले जग्गा उपलब्ध नगराउँदा यहाँको फोहोर व्यवस्था हुन नसकेको जनकपुरधामका प्रमुख साहको भनाई छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर