नेभिगेसन मेनु

बस दुर्घटना अपडेट : एक जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-05-17 11:36

Dead425

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइतेमध्ये एक जनाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको छ । यस जिल्लाको रुरुक्षेत्र गाउँपालिका( १, मक्वादिस्थित रिडि तम्घास पक्की सडक खण्डमा बस दुर्घटना भएको थियो । 

मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका १ का ४० वर्षीय युवराज कुँवर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो । बिहीबार पोखरादेखि तम्घासतर्फ आउँदै गरेको गरेको लु १ ख ८१७५ नम्बरको बस दुर्घटना भएको थियो ।

बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो । बसमा १३ जना यात्रुहरु सवार थिए । दुर्घटना कसरी भयो भन्ने खुल्न सकेको छैन । एक जना घाइतेको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ । बाँकी ११ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर