नेभिगेसन मेनु

निःशुल्क यातायात सेवा सञ्चालन
सम्पादक:南亚网络电视
समय:2024-05-03 11:43

bus_1.1

वैशाख २१ गते । मस्तिष्क पक्षाघात भएका बालबालिकाका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरिएको छ । दिवा स्याहार केन्द्रसम्म आउन जान निःशुल्क यातायात सेवा सञ्चालन गरिएको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले दैनिक दुई घण्टासम्म हिँडेर तानसेनमा रहेको स्याहार सेन्टरसम्म आउने गरेका मस्तिष्कघात भएका बालबालिकाको यात्रा सुविधाका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । बालबालिकालाई निःशुल्क यातायात सेवाले केन्द्रसम्म आई उपचार तथा सहजीकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो । 

मस्तिष्क पक्षाघात स्वावलम्बन समूह काठमाडौँको मुख्य सहयोग र सिविआर पाल्पाको संयोजनमा विगत छ वर्षदेखि तानसेनको मेहलधारामा दिवा स्याहार केन्द्र सञ्चालन हुँदै आएको छ । मस्तिष्क पक्षाघात भएका बालबालिका दैनिक फिजियोथेरापी, दैनिक पठनपाठन, खेल्दै सिक्दै, दैनिक रूपमा प्रयोग हुने जीवन उपयोगी सिप सिक्न उक्त केन्द्रमा जाने गरेका छन् । केही बालबालिका आफ्ना अभिभावकको सहयोगमा उक्त केन्द्रमा पुग्ने गरेका थिए । 

यातायात सेवा सञ्चालन भएपछि भने उनीहरूको उपचार तथा सेवामा सहज हुने भएको छ । दिवा सेवा सेन्टरका संयोजक कृष्ण गहतराजले बौद्धिक अपाङ्गता भएका बालबालिका अब सेवा सेन्टरसम्म आउन जान सहज हुने बताउनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर