नेभिगेसन मेनु

बक्यौता नतिर्ने दुई हजारभन्दा बढी ग्राहकको लाइन काटियो
सम्पादक:南亚网络电视
समय:2024-04-21 11:45

nepal-bidhut-pardhikaran-(1)

वैशाख ९ गते । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म समयमै महसुल नबुझाउने दुई हजार १४६ ग्राहकको लाइन काटेको छ । एक अर्ब ९७ करोड पाँच लाख ८८ हजार ७५६ रुपियाँ बक्यौता नतिर्नेको लाइन काट्दा एक हजार ८२८ ले मात्रै पुनः मिटर जडान गरेको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले जानकारी दिनुभएको छ । घोराही वितरण केन्द्र अन्तर्गत घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिका पर्ने गर्दछन् । जस अन्तर्गत ५१ हजार ४७७ ग्राहक रहेका छन् ।  

उहाँका अनुसार सात करोड ६० लाख ३९ हजार ५०८ रुपियाँ मात्रै बक्यौता तिरेर नयाँ जडान गरिएको छ । बाँकी ३१८ जनाले अनधिकृत रूपमा विद्युत् प्रयोग गरिरहेको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर शर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लाइन काटिएका ३१८ ले बत्ती नबाली बसेकै छैनन् । उनीहरूले अनधिकृत रूपमा जडान गरेको जस्तो देखिन्छ ।” 

विद्युत् महसुल नियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ भएको ६० औँ दिनभित्र महसुल नबुझाएमा जुनसुकै बेला लाइन काटिन सक्ने व्यवस्था भए अनुसार जिल्लामा लाइन काट्न सुरु गरेको इन्जिनियर शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म पनि बक्यौता रकम उठ्न नसकेपछि प्राधिकरणले पछिल्लो समय कडाइ गरिरहेको छ ।” 

उहाँका अनुसार अनधिकृत रूपमा विद्युत् प्रयोग गर्ने जिल्लाभर करिब छ सय ग्राहक रहेको अनुमान छ । घोराही र लमही वितरण केन्द्र अन्तर्गत पनि अनधिकृत रूपमा विद्युत् प्रयोग गरेको हुन सक्ने अनुमान कार्यालयको छ । उहाँले अनधिकृत रूपमा विद्युत् प्रयोग गर्नेलाई कालो सूचीमै राख्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अनधिकृत रूपमा विद्युत् प्रयोग गर्नेको निगरानी गरिरहेका छौँ । अब पुनः लाइन काट्ने मात्रै हुँदैन मिटर नै थुतेर कालो सूचीमा राख्ने गरी तयारी गरेका छौँ ।” यसअघि प्राधिकरणले २०८० कात्तिक १३ देखि २२ गतेसम्म समयमै विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेको थियो ।

अभियानमा घोराहीमा ५४ लाख १९ हजार ५९७ रुपियाँ नतिरेका ६९२ ग्राहकको लाइन काटिएको थियो । नेपाल विद्युत् प्राधिकरण लमहीले ८४ लाख बक्यौता नतिरेका ८१७ ग्राहकको लाइन काटेको थियो । नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले अभियानका क्रममा २४ लाख १६ हजार २७५ रुपियाँ बक्यौता तिर्न बाँकी भएका २७० ग्राहकको लाइन काटेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर