नेभिगेसन मेनु

भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी
सम्पादक:南亚网络电视
समय:2024-05-13 11:53

bhuee-ma-basera-padhdai-madarsa-ka-bidharthi

वैशाख ३१ गते ।  बाँके जिल्लाको दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा सञ्चालनमा रहेका मदरसामा फर्निचर नहुँदा लामो समयदेखि विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन् । 

डेस्क बेन्च नहुँदा नरैनापुर गाउँपालिका–२, नुरपुरमा रहेको मदरसा सिराजिया इस्रारुल उलुमका सात सय विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य रहेको मदरसाका प्रधानाध्यापक मौलाना लाल खाँले बताउनुभयो । 

सो विद्यालयमा सात समय विद्यार्थी अध्ययन गरिरहेका छन् । उक्त मदरसामा डेस्क बेन्च नभएपछि भुइँमा बोरा र चकटी ओछ्याएर पढ्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । आर्थिक अभावले गर्दा विद्यालयले पनि विद्यार्थीका लागि डेस्क, बेन्चको व्यवस्था गर्न नसकेको प्रधानाध्यापक खाँको भनाइ छ । सो मदरसा निकै पुरानो भए पनि आजसम्म कुनै निकायले डेस्क बेन्चका लागि सहयोग नगरेको उहाँले बताउनुभयो । 

कक्षा ८ सम्म अध्ययन भइरहेको उक्त मदरसामा कसैको ध्यान नगएको दुःखेसो गर्दै शिक्षिका मीना केसीले डेस्क बेन्च नहुँदा अत्यधिक गर्मी र चिसोमा बालबालिकालाई कक्षाकोठामा पढ्न समस्या हुने गरेको बताउनुभयो । सो मदरसामा कक्षा ५ मा अध्ययनरत तौफिक खाँले भन्नुभयो, “गर्मीमा भुइँ तातेर बस्न नसकिने, चिसोमा तलबाट चिसो लागेर बस्नै नसकिने अवस्था छ ।” 

बस्नका लागि घरबाट बोरा र चकटी बोकेर आउनु परेको विद्यार्थी रुकसार खाँले गुनासो पोख्नुभयो । गाउँबाट जम्मा हुने मुट्ठी दानले मदरसा सञ्चालन भइरहेको स्थानीय बासिन्दाले जनाएका छन् । नरैनापुर–२ का वडाध्यक्ष मसुद अहमद शाहले चन्दा उठाएर मदरसाको दुई तले पक्की भवन बनाइएको जनाउँदै चन्दा उठाएर नै १० जना शिक्षकको तलब दिने गरिएको बताउनुभयो ।

उहाँले ११ जना शिक्षकको तलब गाउँपालिकाले दिँदै आएको जनाउँदै सरकारले मदरसाका लागि डेस्क बेन्चसँगै थप कक्षाकोठा, विद्यालय कार्यालय र छात्रावासमा बस्ने अनाथ बालबालिकाका लागि बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो । पालिकामै सबैभन्दा धेरै विद्यार्थी रहेको मदरसाका रूपमा रहेकाले डेस्क बेन्चको अभाव पूरा गरिदिन सरोकारवालासँग गाउँपालिकाले आग्रह गरेको छ । 

हालै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी नेतृत्वको टोलीले सो स्थलगत मदरसाको अनुगमन गरेको थियो । अनुगमनपछि मदरसालाई सहयोग गर्ने प्रतिबद्धता आयोगका अध्यक्ष अन्सारीले जनाउनु भएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर