नेभिगेसन मेनु

भन्सार छली ल्याएका ११ लाख बढीको सामान बरामद
सम्पादक:南亚网络电视
समय:2024-04-23 16:08

saman-baramad

वैशाख ११ गते । भारतबाट भन्सार राजस्व छलेर ल्याइएको ११ लाखभन्दा बढीको अवैध सामान प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलस्थित खैरुन निशा शेषको घरबाट १० लाख आठ हजार ६० रुपियाँ मूल्य पर्ने अवैध सामान एकै पटक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो । 

सोही प्रकारले नेपालगन्ज १५ स्थित इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको एक लाख ३३ हजार ५०० रुपियाँको अवैध सामान बरामद गरेको उहाँले बताउनुभयो । डिएसपी डाँगीले वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर बिसीको नेतृत्वमा रहेको प्रहरी टोलीले शेषको घरमा छापा मार्दा भारतबाट अवैध रूपमा ल्याएर भण्डारण गरिएका विभिन्न थरिका अवैध सामान बरामद भएको बताउनुभयो ।

ठुलो परिमाणको अवैध सामान बरामद भए पनि सम्बन्धित व्यक्ति पक्राउ नपरेको डिएसपी डाँगीले बताउनुभयो । उहाँका अनुसार प्रहरीले सात लाख ५०० रुपियाँ पर्ने दुई हजार ८०२ जोर प्लाष्टिकका चप्पल, दुई लाख ५० हजार ८०० मूल्य पर्ने एक हजार १४० थान लुगाको बेल्ट र ५६ हजार ७६० रुपियाँ बराबरको २५८ थान बेल्ट बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा छापा मार्दा बरामद भएको सामान कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद सामान थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जले दैनिकजसो नेपालगन्जका विभिन्न स्थानबाट अवैध सामान बरामद गर्दै आएको छ । पछिल्लो समयमा आएर अवैध सामान आयात गर्ने क्रम बढेपछि प्रहरीले पनि सक्रियता बढाउँदै कडाइ सुरु गरेपछि दैनिकजसो विभिन्न ठाउँबाट अवैध सामान बरामद हुँदै आएको छ । सोही प्रकारले नेपालगन्ज १५ स्थित नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको १ लाख ३३ हजार ५०० रुपियाँको लेडिज कुर्ता, साडी, चिनी,चामल लगायतका सामान बरामद गरेको हो । 

सो सामानलाई थप आवश्यक कारबाहीको लागी भन्सार कार्यालय नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर