नेभिगेसन मेनु

डेढ वर्षकी छोरीलाई पासो लगाउने आमा पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-05-15 12:26

arest_pakrau

जेठ २ गते । आफैले जन्म दिएको सन्तानलाई आफ्नै सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्द कली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार नन्दकलीले आफ्नी डेढ वर्षकी छोरी टीका ओलीलाई आफू सुत्ने कोठामा सलले झुन्ड्याएर भिडियो बनाएकी थिइन् । 

घटना जेठ १ गते बिहान साढे आठ बजेतिरको हो । नन्दकलीले नाबालक छोरीलाई पासो लगाइदिएर बनाएको भिडियो वैदेशिक रोजगारीको सिलसिलामा दुबैमा रहेका उनका श्रीमान्लाई पठाइन् । 

यस्तो भिडियो देखेपछि श्रीमान्ले विदेशबाट तुरुन्तै घरका अन्य सदस्य र छरछिमेकलाई खबर गरे । छिमेकीहरू तत्काल विष्टको घरमा पुगे र पासो लगाएकै अवस्थामा भेटाए । तुरुन्तै नाबालिकालाई उद्धार गरे । अहिले जिल्ला अस्पताल सल्लेमा नाबालिकाको उपचार भइरहेको छ । 

त्यस लगतै प्रहरीले नन्दकलीलाई नियन्त्रणमा लिएको छ । आवश्यक प्रक्रिया पुरा गरेर नन्द कली विरुद्ध आवश्यक कारबाही सुरु गर्ने प्रहरीको भनाई छ । प्रहरीले अनुसन्धान सुरु गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर