नेभिगेसन मेनु

बढ्यो नदीजन्य पदार्थको चोरीनिकासी
सम्पादक:南亚网络电视
समय:2024-04-18 11:40

jcb-ra-tactor-pakrau

वैशाख ६ गते । रुपन्देहीका विभिन्न नदीबाट बालुवा, गिट्टी, मिस्कट र ढुङ्गालगायतका नदीजन्य सामग्रीको चोरी निकासी बढेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विगत १० दिनको अवधिमा विभिन्न खोलामा खासगरी रातिको समयमा डोजर, टिप्पर र ट्याक्टरको प्रयोग गरी नदीजन्य सामग्रीको अवैध ओसारपसार बढेको छ । 

रुपन्देहीका पालिकाले अझै नदीजन्य सामग्रीको ठेक्का लगाइसकेका छैनन् । तस्करले त्यही मौकाको फाइदा उठाउँदै नदीजन्य पदार्थको चोरी निकासी बढाएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बुटवल उपमहानगरपालिका–११, प्रगतिनगरस्थित तिनाउ नदीबाट नदीजन्य पदार्थ ढुङ्गा र बालुवा अवैध रूपमा निकासी गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको बताउनुभयो । 

उहाँका अनुसार ट्याक्टर नियन्त्रणमा लिएर बुटवल उपमहानगरपालिकामा कारबाहीका लागि पठाइएको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीको गस्तीले रुपन्देहीको देवदह नगरपालिका–४ बाट ट्याक्टरले माटो उत्खनन गरी चोरी निकासी गरिरहेको फेला पारेर नियन्त्रणमा लिएको छ । 

ट्याक्टरलाई बालुवा उत्खनन गरी लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई देवदह नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ । उता इलाका प्रहरी कार्यालय सालझन्डीका अनुसार रुपन्देहीको सैनामैना नगरपालिका–९, देउवापारमा अवैध रूपमा माटो उत्खनन गर्दै गरेको अवस्थामा एक जेसिबी र दुई वटा टिप्पर नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीका अनुसार जेसिबीले माटो उत्खनन गरी लोड गर्दै गरेको अवस्थामा टिप्पर नियन्त्रणमा लिएर सैनामैना नगरपालिकामा कारबाहीका लागि बुझाएकोमा ६० हजार जरिबाना गरी छाडिएको छ । गत साता मात्रै प्रहरीले ओमसतियास्थित तुलबुलिया खोलाबाट समेत बालुवा र मिस्कट लोड गर्दै गरेको अवस्थामा दुई वटा टिप्पर नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएका टिप्परलाई आवश्यक कारबाहीका लागि ओमसतिया गाउँपालिकामा पठाइएको प्रहरीको भनाइ छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर