नेभिगेसन मेनु

गुल्मीमा घरगोठमा आगलागी
सम्पादक:南亚网络电视
समय:2024-04-10 11:51

आगलागी

चैत २८ गते । गुल्मीको रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकामा आगलागीबाट घरगोठ जलेको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर– १० का ६२ वर्षीय नमकला बलालको दुई तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घर जलेर पूर्णरुपमा नष्ट भएको छ । घरको तल्लो तलामा खाना पकाउने क्रममा अचानक आगलागी हुँदा पाँच वटा बाख्रा र एउटा भैंसी जलेर घाइते भएका छन् ।

त्यस्तै, अचानक आगलागी हुँदा धुर्कोट गाउँपालिका वडा नम्बर– २ पिपलधारा बम्जिमका चेत बहादुर महतको घरगोठ जलेको छ । गोठमा दाना पकाउने क्रममा आगलागी हुँदा १० वटा बाख्रा मरेका छन् । एक तोला सुन, १० हजार नगद, लत्ता कपडा, भाडा, एक थान टिभी, ग्यास चुलो र हाते ट्रयाक्टर जलेर पुर्णरुपमा नष्ट भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर