नेभिगेसन मेनु

लुम्बिनीमा माओवादीका महरालाई मुख्यमन्त्री बनाउन बहुमत सदस्यको दाबी पेश
सम्पादक:南亚网络电视
समय:2024-04-05 15:37

lumbini

चैत २३ गते । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत प्राप्त सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री नियुक्तिका लागि बहुमत सदस्य ४४ जनाको हस्ताक्षरसहित पत्र बुझाइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाउन नयाँ राजनीतिक समीकरणमा सहभागी दल नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका दल नेता जोखबहादुर महरा, जनता समाजवादी पार्टी (जसपा)का दल नेता भण्डारीलाल अहिर, नेकपा (एकीकृत समाजवादी)का दल नेता भगवती अधिकारी, स्वतन्त्र सांसद खड्ग बस्नेतसहित प्रदेश सभा सदस्यहरुको सहभागिता थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछी नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । एमालेका २९, माओवादीका १०, जसपाका तीन, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको छ ।

माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीका दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्रबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले सात बुँदे सहमति गर्नुभएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर