नेभिगेसन मेनु

सिद्धार्थ केबुलकार सञ्चालनको तयारी
सम्पादक:南亚网络电视
समय:2024-04-06 12:01

siddhartha-cable-car-1-(1)

चैत २४ गते । रुपन्देहीको बुटवलमा अर्को पनि केबुलकार सञ्चालन हुने भएको छ । एक महिनाभित्रै अर्को नयाँ केबुलकार ‘सिद्धार्थ केबुलकार’ सञ्चालन हुने भएको हो । यसअघि बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबुलकार ‘बुटवल हिल्स’ सञ्चालनमै छ । नयाँ वर्ष २०८१ को वैशाखदेखि सिद्धार्थ केबुलकार पनि सञ्चालन गर्ने तयारी अन्तिम चरणमा छ ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ र २ स्थित देउरालीडाँडामा केबुलकारको प्रस्थान बिन्दु राखिएको छ । १.९४ किलोमिटर लम्बाइको यो केबुलकार पाल्पाको नुवाकोटसम्म जाने छ ।

हालसम्म ९० करोड रुपियाँ लगानी भइसकेको र रिसोर्टसहितको परियोजना पूरा हुँदा यसको कुल लागत डेढ अर्बमाथि पुग्ने सिद्धार्थ केबुलकार प्रालिका अध्यक्ष राजेन्द्र सिंह गुरुङले बताउनुभयो । अबको डेढ महिनाभित्र केबुलकार सञ्चालन गर्ने तयारी अनुसार अन्तिम चरणका काम भइरहेको उहाँले बताउनुभयो ।

मङ्सिरमा केबुलकार सञ्चालन गर्ने तयारी भए पनि रोपवेको काम नभएपछि मङ्सिरमा केबुलकार सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । ‘इटालीबाट रोप ल्याउँदा समय लाग्यो, अहिले परीक्षणमा छौँ, यसलाई ‘इन्टरनेसनल सटिफिकेसन’ गरेपछि वैशाख महिनाभित्र सुरु गर्छौं’ उहाँले भन्नुभयो । गुरुङका अनुसार अहिले केबुलकारको परीक्षण गर्ने काम भइरहेको र संरचनाको फिनिसिङको काम भइरहेको छ । केबुलकारको प्रस्थान बिन्दु (पहिलो स्टेसन) देउरालीडाँडामा मनोरम सिद्धार्थ गार्डेन, छ वटा कमलका फूलसहितको पार्क निर्माण गरिएको छ । माथिल्लो स्टेसन नुवाकोटमा सातौँ पाइलासहितका संरचना निर्माण भइसकेको छ । त्यहाँ ५० फिट अग्लो सिद्धार्थ गौतमबुद्धको मूर्ति निर्माण हुन बाँकी छ । मूर्ति तयार भइसकेको र त्यसलाई जडान गर्न बाँकी रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

दुई वर्षमा सञ्चालन गर्ने भनिए पनि रुख कटानसहितका अन्य कामले केबुलकार निर्माण चार वर्षमा पूरा हुन लागेको हो । केबुलकार निर्माणको करिब ९५ प्रतिशत काम पूरा भइसकेको केबुलकार प्रालिले जनाएको छ । नुवाकोटमा रिसोर्टसहितका अन्य पूर्वाधार निर्माण हुने छन् । 

पाल्पाको नुवाकोट गढीसम्म पुग्ने सिद्धार्थ केबुलकारको २०७७ फागुन ९ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभएको थियो । केबुलकार सञ्चालनपछि बुटवलको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी माधव नेपालको भनाइ छ ।

नुवाकोट विकास समितिका अध्यक्ष एवं केबुलकार सञ्चालक समितिका सदस्यसमेत रहनुभएका नेपालले बुटवलको आर्थिक चलायमान र यहाँको पर्यटन प्रवर्धन हुने विश्वास गर्नुभयो । सिद्धार्थ केबुलकारमा बुटवल क्षेत्रकै १८५ भन्दा बढी लगानीकर्ता हुनुहुन्छ । देउरालीडाँडादेखि दुई किलोमिटर केबुलकारको सात मिनेटको यात्रापछि नुवाकोट पुग्न सकिने छ । यस केबुलकारको निर्माणपछि प्रत्यक्ष रूपमा ६० जना र अप्रत्यक्ष रूपमा १५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दाबी छ । पाल्पाको नुवाकोट बुटवलको वडा नं १ र १३ को शिवालिक चुरे शृङ्खलाको पानी ढलको भूभाग हो । यो ऐतिहासिक र पुरातात्विक स्थल हो । कर्णेल उजिर सिंह थापाले नुवाकोटगढीमा मोर्चाबन्दी गरेर अङ्ग्रेजलाई परास्त गरेका थिए । नुवाकोटको पूर्वी भाग पाल्पाको दोभान क्षेत्र एक करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकशको उद्गमस्थल हो । 

मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिकै रहेर पनि ओझेलमा परिरहेकाले केबुलकारको सञ्चालनपछि नुवाकोटको विकासमा समेत टेवा पुग्ने छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर