नेभिगेसन मेनु

आगलागी नियन्त्रणको द्विदेशीय अभ्यास
सम्पादक:南亚网络电视
समय:2024-04-14 11:41

sasatra

वैशाख २ गते । नेपालस्थित सशस्त्र प्रहरी बल (एपिएफ) र भारतस्थित सशस्त्र सीमा बल (एसएसबी) ले बिहीबार नेपालगन्जमा आगलागी नियन्त्रणका लागि संयुक्त अभ्यास गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी गण बाँकेद्वारा आयोजित जानकी गाउँपालिका–१, पचपोखरास्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) मा सशस्त्र प्रहरी बल र सशस्त्र सीमा बलले आगलागी नियन्त्रणका लागि संयुक्त अभ्यास गरेका हुन् । 

सशस्त्र प्रहरी बल वागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जिल्लाको सीमा क्षेत्रमा अधिकांश कच्ची घर, घनाबस्ती तथा कमजोर विद्युत् जडानका कारण आगलागीका घटना गर्मी मौसममा बढी हुने बताउनुभयो । त्यस्ता घटनामा परी ठुलो धनजनको क्षति भइरहने भएकाले विपत् व्यवस्थापन अभ्यास अन्तर्गत नेपाल भारत सीमा क्षेत्रमा ‘फायर फाइटिङ’ को अभ्यास गरिएको बताउनुभयो । उहाँले सीमावर्ती क्षेत्रमा अधिकांश अव्यवस्थित एवं कमजोर संरचनाका घर निर्माण गरी बसोबास गर्ने गर्दछन् । खेतबारीबाट निस्किएको अनावश्यक वस्तु जलाउने गर्दा आगलागीका घटना धेरै हुने बताउनुभयो । यस्तो सम्भावित घटनाबाट बच्न र बचाउन आगलागी नियन्त्रणसम्बन्धी पूर्वतयारीका क्रियाकलापको अभ्यास गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अकस्मात् हुने घरेलु तथा बाह्य आगलागीका घटना नियन्त्रणमा यस्तो अभ्यास अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । घरभित्र भान्सामा खाना पकाउँदा ग्यास चुलोबाट हुन सक्ने आगलागी, विभिन्न कारणले हुन सक्ने आगलागी तथा बस्तीमा लागेको आगलागी कसरी नियन्त्रण गर्नेसम्बन्धी जानकारी दिने गरिएको छ । आगलागीमा परी घाइते भएकाको उद्धार र उपचारलगायतका विषयमा अभ्यास गरेर त्यसबाट बच्ने र नियन्त्रण गर्ने तरिका सिकाइएको छ । आगलागी नियन्त्रण, उद्धार तथा औषधी उपचार गर्न सशस्त्र प्रहरीको अलग अलग टोली परिचालन गरिएको थियो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर