नेभिगेसन मेनु

शपथ सके लगत्तै देउखुरी पुगेर कार्यभार
सम्पादक:南亚网络电视
समय:2024-04-08 11:51

CM-jokhbahadur-mahara-karevar

चैत २६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना निर्माण गर्न कार्यदल गठन गर्नुभएको छ । आइतबार साँझ  शपथ ग्रहणपश्चात् पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्नुभएको हो । 

मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्ट्राचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवं विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ । यो कार्यदलले दुई महिनाभित्र कार्य योजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्य योजना पेस गर्नेछ । यस्तै, पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । अन्य मन्त्रीहरूको जिम्मेवारी पनि छिट्टै तोकिने जानकारी दिँदै कर्मचारी प्रशासनलाई इमानदार भएर जनताको काममा लाग्ने निर्देशन समेत दिनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर