नेभिगेसन मेनु

बुद्धजन्मस्थल लुम्बिनीमा प्रथम अन्तर्राष्ट्रिय शान्ति मेला
सम्पादक:南亚网络电视
समय:2024-04-05 12:47

434660429_122170368428026800_7885442650179870230_n

नेपालको गौरवको रूपमा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको प्रवर्द्धनका लागि अन्तराष्ट्रिय शान्ति मेला शुरु भएको छ । तस्बिर-एस ए टी भी

लुम्बिनी, एस् ए टि भी । लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा विश्वव्यापी रुपमा प्रवर्द्धन गर्न लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रमअन्तर्गत आज बिहान ध्यान शिविरको आयोजना गरिएको छ ।

434663309_122170367516026800_1650993749833692999_n

कार्यक्रमला नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदले आयोजनामा आज र भोलि हुने कार्यक्रमका सहआयोजकहरुमा नेपाल ओभरसिज चाइनिज एशोसिएसन, लुम्बिनीको चोङ हुवा गुम्बा र लुम्बिनी होटल एशोसिएसन रहेका छन् । महोत्सवको निम्ति चीनदेखि कलाकार, खेलाडी, बुध्द धर्मका अनुयायी र शान्तिका उपासकहरु लुम्बिनीमा ओइरिएका छन् । कार्यक्रममा सामेल हुन हिजै साँझ लुम्बिनी पुग्नुभएको परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आज उद्घाटनलाई सम्बोधन गर्नु भएको छ ।

434643356_122170368380026800_6642813168167139500_n

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले " यो पर्वले शान्ति र सुखको लागि मात्रै नभई लुम्बिनीको महत्वलाई थप प्रवद्र्धन गर्न पनि मद्दत गर्नका साथै नेपाल र चीनबीचको सांस्कृतिक र जनताबीचको आदानप्रदानलाई थप प्रगाढ बनाउने पहल गर्ने " बताउनु भयो । उपस्थित सबैलाई सम्बोधन गर्नुहुदै उहाले बुद्ध, बुद्धत्व, शान्ति र ध्यान अर्थपूर्ण रूपमा अन्तरसम्बन्धित भएको जानकारी समेत गराउनु भएको छ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्य लगायत विशिष्ट व्यक्तिको उपस्थितिमा राजदूत छन सोङ्गले बिश्व शान्ति र दुई देशको सम्बन्धका बहुआयामिक पक्षवारे मन्तव्य पेश गर्नुभएको छ।

chen song

कार्यक्रममा मन्तव्य पेश गर्नुहुँदै नेपालका लागि चीनका राजदूत महामहिम छन सोङ ज्यूले चीन र नेपालले प्राचीन बौद्ध ज्ञान, करुणा, शान्ति र मध्यमार्गको सद्भावू लाई आधुनिक जीवनमा समाहित गर्ने, मानवको मानसिक, शारीरिक, आध्यात्मिक सुधार गरी सबै देशका मानिसहरू बीच आपसी समझदारी बढाउने आशा राख्दै संयुक्त रूपमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस कार्यक्रम आयोजना गरिएको बताउनु भयो।

" यो ध्यान कार्यक्रम विशेष गरी हामी सबैको लागि एक अनुभवी ध्यान शिक्षक द्वारा निर्देशित मानसिकता, करुणा, र आन्तरिक शान्तिको लागि आयोजना गरिएको हो। हामीले हाम्रो निर्देशित ध्यान कार्यक्रमको साथ लुम्बिनीको पवित्र परिवेशको बीचमा शान्ति र आन्तरिक शान्तिको अनुभव गर्न सक्छौं " लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनु भयो ।

434652948_122170368248026800_4502009159248194231_n

महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटकीयस्थलको रुपमा प्रवर्धन गर्ने आयोजकहरुले विश्वास लिएका छन् । साथै, महोत्सवले नेपाल र चीनबीच राज्य तथा जनस्तरको सम्बन्धलाई थप कसिलो बनाउने आयोजकको दावी छ । विश्व सम्पदासूचीमा समाविस्ट लुम्बिनीमा आयोजित महोत्सवको दोस्रो दिन बिहान पवित्र बगैंचामा एक सय जना भिक्षु र ४०० जना भन्दा बढीको सहभागितामा ध्यान गरिने छ । शान्ति र खेलकुद विषयमा सेमिनार राखिएको छ भने भोलि बिहान चार विधामा म्याराथुन दौड हुँदैछ ।

भोलिको म्याराथुन प्रतियोगिता लुम्बिनी बुद्धिस्ट विश्वविद्यालय,युन्नान माउन्टेनिरिङ एण्ड आउटडुअर स्पोर्टस एसोसिएसन,प्रदेश पर्यटन विकास परिषद र ग्रीनरोड संस्थाको सहयोगमा हुन लागेको हो । म्याराथनमा भाग लिने धावक मध्ये पुरुष धावकलाई प्रथम पुरस्कार ५ लाख रुपैयाँ, दोस्रो हुनेलाई ३ लाख, तृतीयलाई २ लाख रुपैयाँ गरी क्रमशः १० औं स्थानसम्म आउनेलाई नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै हाफ म्याराथनमा भाग लिने महिलाका लागि प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख ६० हजार र तृतीय पुरस्कार १ लाख २० हजार राखिएको छ ।

यस बाहेक खुला रुपमा वाकाथनमा सहभागिता जनाउने र विद्यालयस्तरबाट भाग लिनेलाई १५ हजार, १० हजार र ५ हजार पुरस्कार राखिएको लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । उनका अनुसार पुरस्कारका लागि मात्र १९ लाख १५ हजार रुपैयाँ छुट्याइएको छ । त्यस्तै धनुषवाण,कुस्तीलगायत खेलको पनि प्रदर्शनी गरिँदै छ । महोत्सवको दोस्रो दिन भोलि लुम्बिनी स्क्वायर थिएटरमा कन्सर्ट राखिएको छ । कन्सर्टमा गायिका आनी छोइङ डोल्मा,चिनियाँ गायिका उलान तुयालगायतले आफ्नो प्रस्तुति दिनेछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर