नेभिगेसन मेनु

सभामुख स्विट्जरल्याण्ड प्रस्थान
सम्पादक:南亚网络电视
समय:2024-03-22 13:31

devraj_qcCYuT0pa8

सभामुख देवराज घिमिरे स्विट्जरल्याण्ड जानुभएको छ । अन्तर–व्यवस्थापिका संघको १४८ औँ महासभामा सहभागी हुन १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आज त्यता लाग्नुभएको छ । 

कतार एयरलाइन्सको उडान नम्बर क्यूआर ६४७ मा साँझ सवा ६ बजे संसदीय टोली काठमाडौँबाट दोहा हुँदै जेनेभाका लागि उडेको बताइएको छ । प्रतिनिधिमण्डलमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार छन् । 

त्यस्तै, राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे पनि टोलीमा सहभागी छन् । संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेय, सहसचिव एकराम गिरी, उपसचिव प्रदीप गुरागाईं र सभामुखको प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत आजै जेनेभा गएका छन् ।

चैत्र १० देखि १४ गतेसम्म हुने महासभामा भाग लिएर नेपाली टोली १६ गते स्वदेश फर्किने कार्यतालिका छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर